साउदी : बन्द रहेको दूतावासकाे राहदानी सम्बन्धी सेवा मे ३० देखि खुला गरिने

 जेठ १३, २०७८ बिहीबार १५:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले आउँदो आइतबारदेखि राहदानी सम्बन्धी सेवा खुला गर्ने जनाएको छ । फ्रन्ट डेस्कमा काम गर्ने आफ्ना कर्मचारीमा कोरोना संक्रमण भएपछि केही समयदेखि बन्द रहेको राहदानी सम्बन्धी सेवा मे ३० अर्थात आउँदो आइतबारदेखि खुला गर्ने भएको हो ।

राहदानी सेवाबाहेक मागपत्र प्रमाणीकरण लगायत दूतावासबाट प्रदान गरिने अन्य सेवाहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहेको पनि दूतावासले जनाएको छ । दूतावासका अनुसार सार्वजनिक बिदाको दिनबाहेक आइतबारदेखि बिहीबारसम्म राहदानी नवीकरणको काम हुनेछ भने बिहिबार र शुक्रबार राहदानी वितरण गरिने छ ।

कोरोना संक्रमणको बढ्दो अवस्थाका कारण दूतावासभन्दा बाहिर गएर राहदानी संकलन गर्न सक्ने सम्भावना नरहेको पनि दूतावासले प्रष्ट पारेको छ । यस्तै राहदानी नवीकरण गर्न चाहनेलाई दूतावासमै आउन आग्रह गरेको छ । 

राहदानी नवीकरण गर्न आउँदा सक्कल राहदानी, त्यसको एकप्रति फोटोकपी र नागरिकताको फोटोकपी अनिवार्य रुपमा ल्याउनुपर्ने छ । दूतावासमा फोटोकपी नगरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै कोरोना नियन्त्रण र रोकथामका लागि साउदी सरकारले जारी गरेका मापदण्डकाे पालना गर्न पनि त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया