आर्मीलाई ७४ रनमा अलआउट गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसहित चार जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको निर्णय विपरीतका काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
यसअघि ११ गते सोधिएको स्पष्टीकरणको जवाफ पनि नआएकाले तपाईँलाई थप कारबाही किन नगर्ने भन्दै केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले अर्को स्पष्टीकरण पत्र पठाउनुभएको हो । २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआएमा पार्टीको अन्तरिम विधानअनुसार पार्टीबाटै निष्कासन गर्ने समेतको निर्णय गर्न सकिने पत्रमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदमलाई ठाकुर पक्षले स्वागत गरेको छ भने सरकारमा पनि सहभागी हुने तयारीमा छ । यस्तै पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई अघि सारेको छ । तर अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले भने ओलीको कदमको विरोध गर्दै विपक्षी गठनबन्धनलाई साथ दिएको छ । यसअघि ठाकुर पक्षले उपेन्द्र यादव पक्षलाई स्पष्टीकरण सोधिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।