‘पहिलेकै योजना अनुसार नेकपा फुटाए, अब संविधानलाई कामविहीन बनाउँदैछन्’

 जेठ १५, २०७८ शनिबार १४:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री घनश्याम भूसालले लोकतान्त्रिक स्थिरताका लागि आफूले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेको बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै नेता भूसालले अहिलेको संविधानले कामै नगर्ने अवस्थामा पुर्‍याउनका लागि अहिलेका घटनाक्रम भइरहेको भन्दै यसलाई रोकेर संविधान र लोकतन्त्रको रक्षाका लागि विकल्प खोज्दा देउवाको पक्षमा हस्ताक्षर गरेको बताउनुभएको छ ।

उहाँले आफूले संसदीय मर्यादा उलङ्घन गरेको स्वीकार गर्दै यो आवश्यकता भएको दाबी गर्नुभएको छ । उहाँले आफ्नाे आधिकारिक फेसबुक पेजमा 'मेराे स्पष्टीकरण' भन्दै आफ्नाे विचार व्यक्त गर्नुभएकाे छ ।

भूसालले लेख्नुभएको छ, ‘पोहोर सालको बैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोलि वा पर्सिपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो, जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए : नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।’

यही भनाइ अनुसार घटनाक्रम अघि बढिरहेको भन्दै भूसालले लाखौं नेपालीको रगत पसिना बगाएर प्राप्त भएको संविधान र लोकतन्त्र रक्षाका लागि नयाँ सरकार आफ्नो अपेक्षा भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया