सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो, चाँदीको भ...
माघ १६, २०८१ बुधबार
ताप्लेजुङ – ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँ रहेकाे स्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा सुकेटार विमानस्थललाई ‘स्व. रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिएको थियो । त्यसपछि जिल्लावासीले यसमा असन्तुष्टि जनाउँदै आएका छन् । सामाजिक सञ्जालमा विमानस्थलको नयाँ नामकरण नगर्न सरकारलाई सुझाव दिइएको छ ।
निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘ऐतिहासिक रूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्दछ । यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुन सक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नुपर्दछ ।’
निवर्तमान पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले समाजिक सञ्चालमा नै पोस्ट गर्नुभएको छ, ‘सरकार, पोखरा विमानस्थलको नामकरण रवीन्द्र अधिकारी विमानस्थल राखौँ, हामीलाई सुकेटार विमानस्थलमा नै गर्व छ ।’
नेकपा माओवादी केन्द्र प्रदेश नं १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलले सुकेटार विमानस्थललाई स्व. रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामकरण गरेर इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप गरेको टिप्पणी गर्नुभएको छ । जिल्लाका राजनीति दल र सरोकारवाला समूहले सुकेटार विमानस्थलको नाम परिवर्तनका विषयमा आज छलफल गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय किराँतले बताउनुभयो ।
विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाग्रस्त भइ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, चालक क्याप्टेन प्रभाकर केसी, यति एअरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको ज्यान गएकाे थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
NARENDRA ANGBUHANG
May 30, 2021, 6:59 p.m.तानाशाही प्रबितिले संघिय लाेकतान्त्रिक व्यबस्थामा छुरा हान्ने काम बन्द गराै। परिणाम नभए गलत अाउछ