न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै – गएको २४ घण्टामा देशभर चार हजार तीन सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार नाै सय ८६ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार सात सय दुई र ६ सय ६७ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
नेपालमा आजसम्म काेराेना भाइरसका सङ्क्रमितकाे सङ्ख्या पाँच लाख ५७ हजार एक सय २४ पुगेकाे छ ।
केही दिनयता परीक्षणकाे मात्रा पनि घटाइएकाे छ । एकै दिन झन्डै २० हजारसम्मकाे नमुना परीक्षण हुने गरेकाेमा अहिले त्यसकाे आधा १० हजार हाराहारीमा परीक्षण हुँदै आएकाे छ ।
आज थपिएकामध्ये काठमाण्डौ उपत्यकामा एक हजार ९३ जना रहेका छन् । काठमाण्डौमा आठ सय चार जना, भक्तपुरमा एक सय १३ जना र ललितपुरमा एक सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा ६ हजार दुई सय पाँच जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । याेसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या चार लाख ४० हजार नाै सय ५५ पुगेकाे छ । अहिले निको हुने दर ७९ दशमल २ पुगेको मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर एक सय नाै जनाको कोरोनाका कारण ज्यान गएको छ । नेपालमा काेराेना सङ्क्रमणका कारण अहिलेसम्म सात हजार दुई सय ७२ पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।