न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली सेनाले सफा हिमाल अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहर हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा सङ्कलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने चार हजार आठ सय ८२ केजी फोहर हस्तान्तरण गरिएको हो ।
हिमालबाट सङ्कलन गरिएको ६ हजार ६ सय सात केजी फोहोरमध्ये सड्ने/कुहिने एक हजार सात सय २५ केजी मकालु गाउँपालिकालाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले हिमाल सफाइमा खटिएको सैनिक टोलीलाई दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकामा प्रशंसा गर्दै बधाई ज्ञापन गर्नुभयो ।
विश्व वन्यजन्तु कोष नेपालमा रहेकाे कार्यालयका निर्देशक डाक्टर घनश्याम गुरुङ र इसिमोडका प्रतिनिधि सन्तोष पाठकले कोरोना सङ्क्रमण महामारीको समयमा पनि हिमाल सफाइजस्तो जोखिमपूर्ण जिम्मेवारी लक्ष्य र योजनाअनुसार नै सम्पन्न गर्नु गौरवको विषय भएको जनाउँदै अभियानमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सफा हिमाल अभियान २०२१ अन्तर्गत ६ वटा हिमालबाट २७ हजार ६ सय ७१ केजी फोहर सङ्कलन गरिएको जानकारी दिइयो । सङ्कलित फोहरमध्ये १७ हजार आठ ७७ केजी फोहोर प्रशोधन तथा व्यवस्थापनका लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।