राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भारतको उत्तर प्रदेशमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । गएको शुक्रवार अलिगढ जिल्लामा विषालु रक्सीका कारण केही व्यक्तिको ज्यान गएको थियो । त्यसयता ५१ जनाको ज्यान गएको अलिगढ जिल्ला अस्पतालले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
अस्पतालमा अहिलेसम्म विषालु रक्सी खाएर ज्यान गएको आशङ्कामा ६२ जनाको पोस्टमार्टम गरिएकोमा ५१ जनाको मृत्युको कारण विषालु रक्सी देखिएको हो । सरकारी अधिकारीहरुले भने अहिलेसम्म २५ जनाको ज्यान गएको पुष्टि गरेका छन् । अझै धेरै व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।
कोरोना भाइरस रोक्नको लागि गरिएको निषेधाज्ञामा लुकाएर बेचिएको रक्सी गाउँलेहरुले किनेर खाँदा ज्यान गएको बीबीसीले जनाएको छ । अहिले स्थानीय प्रशासनले सबै किसिमबाट हुने जाँडरक्सीको उत्पादन तथा व्यापार बन्द गराएको छ । जाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसहित चार अधिकारी निलम्बनमा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।