‘मेरो पहिलो कर्तव्य कोरोनासँग जुध्ने हो, भोट हाल्न जान्न’

 जेठ १७, २०७८ सोमबार १०:५७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लुम्बिनी प्रदेशमा एक जना राष्ट्रिय सभा सदस्य छान्न उपचुनाव भइरहेको छ । दाङमा भइरहेको चुनावमा लुम्बिनी प्रदेशका  प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष र उपाध्यक्ष भोट हाल्न पुगेका छन् । तर नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले भने आफूले भोट नहाल्ने बताउनुभएको छ ।

राप्रपाबाट निर्वाचित राणाले कोरोनाको यस्तो महामारीको बेलामा आफ्नो प्राथमिकता चुनाव नभइ कोरोनासँग जुध्ने काममा रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमा राणाले लेख्नुभएको छ, ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद !!'

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया