साना–मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार निय...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेकाे स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमवार (आज) बिहान १० बजे बोलाइएको बैठक मङ्गलवार (भोलि) बिहान ११ बजे मात्र बस्ने भएको हो ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिनुभयो । आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपचुनाव पनि भइरहेकाे छ ।
यसअघि आइतवार साँझ ५ बजे तय गरिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो । बैठकमा शनिवार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।