उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - चीनमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । चीनको दक्षिणी सहर ग्वांझोमा हिजो १८ जनामा सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमितमध्ये सात जना सहरभन्दा बाहिरबाट गएका व्यक्तिहरु रहेका बीबीसीले जनाएको छ । सङ्क्रमण बढेसँगै यो सहरमा हुने उडान सेवा बन्द गरिएको छ ।
गएको २४ घण्टामा चीनमा २७ जना सङ्क्रमित भेटिएका छन् । योसँगै अहिलेसम्म चीनमा ९१ हजार ९९ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्म चार हजार ६ सय ३६ जनाको ज्यान गएको छ । यस्तै, बेलायतमा कोरोनाको तेस्रो लहरको चेतावनी दिइएको छ । त्यहाँका वैज्ञानिकले तेस्रो लहरको सुरुवाती सङ्केत देखिएको बताएका छन् । युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक रवि गुप्ताले कोरोना सङ्क्रमण अहिले केही कम देखिए पनि फेरि फैलिन सक्ने बताउनु भएको छ ।
बेलायतमा गएको २४ घण्टामा मात्र ३ हजार ३ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको भने यो अवधिमा मात्र एक जनाको ज्यान गएको छ । यसैबीच, अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञले कोरोना भाइरसविरुद्धको लडाइँ अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने बताउनु भएको छ । सङ्क्रमण केही कम जस्तो देखिए पनि यसले फेरि विकराल रुप लिन सक्ने विज्ञले चेतावनी दिएका छन् ।
अमेरिकामा गएको २४ घण्टामा ५ हजार एक सय ४१ नयाँ सङ्क्रमित भेटिएका छन् भने थप १४१ जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।