प्रदेश-१, २ र सुदूरपश्चिममा बिहानैदेखि वर्षा, अन्य प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली

 जेठ १८, २०७८ मंगलबार ७:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश-१ र २ तथा सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि-मनसुनको गतिविधिका कारण यी तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश-१ र २ मा हल्का वर्षा भएको छ भने सुदूरपश्चिमका जिल्लामा मध्यम खालको वर्षा भइरहेको उहाँले बताउनु भयाे । अहिले कैलाली र कञ्चनपुरमा वर्षा भइरहेको पनि मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । आज दिनभरि नै वर्षा नभए पनि यी क्षेत्रको मौसम बद्ली रहने उहाँले बताउनुभयो । भोलि पनि यी तीन प्रदेशको मौसम यस्तै रहने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी प्रदेशका धेरै ठाउँमा भने यतिबेला घाम लागेको छ । यी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् । प्रि-मनसुनका कारण काठमाण्डौ उपत्यकालगायत पहाडी क्षेत्रका दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन्  ।

भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले प्रि-मनसुन बाहेक अन्य प्रणालीको प्रभाव नपरेकाले ठूलो पानी पर्ने सम्भावना भने छैन ।

यसैबीच, मौसमविद्ले यसपालि समयमा नै मनसुन भित्रिने बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रने गर्दछ । यसपालि जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । मौसमविद्ले यसपालिको मनसुनमा धेरै पानी पर्ने अनुमान गरेका छन् ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया