प्रतिनिधि सभा विघटनबारेको सुनुवाइका लागि पुरानै संवैधानिक इजलासलाई निरन्तरता

 जेठ १८, २०७८ मंगलबार १०:१८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा रहेको यसअघिकै संवैधानिक इजलासमा आज पनि रिटको सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।

इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य हुनुहुन्छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई इजलासमा राखिएकोमा रिट निवेदकका पक्षका कानुन व्यवसायीले विरोध जनाउँदै आएका छन् । अस्ति आइतवारको सुनुवाइमा प्रधानन्यायाधीश जबराले यसबारे न्यायाधीश केसी र श्रेष्ठले नै निर्णय गर्ने बताउनुभएको थियो । 

हिजो न्यायाधीश केसी र श्रेष्ठले राजनीतिक मुद्दा जोडेर वकिलहरूले ‘आफूलाई मुद्दा हेर्न नमिल्ने भनेकै आधारमा इजलास नछाड्ने’ बताएका थिए । आज पनि संवैधानिक इजलासमा दुई न्यायाधीश केसी र श्रेष्ठका विषयमा प्रश्न उठे सरकारी वकिलले संवैधानिक इजलासको रोस्टरमा रहेका नौ न्यायाधीशमाथि पनि प्रश्न उठाउने तयारी गरेका छन् ।

गएको शुक्रवारदेखि संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमा कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट बहस गरिरहेका अधिवक्ता गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता टिकाराम भट्टराईले न्यायाधीश केसी र श्रेष्ठको विषयमा प्रश्न उठाएपछि रिट निवेदनमाथि सैद्धान्तिक छलफल नै सुरु हुन सकेको छैन ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया