संवैधानिक इजलासबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश छलफलमा

 जेठ १८, २०७८ मंगलबार ११:२५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा छलफलमा जुट्नुभएको छ । आजको सुनुवाइअघि उहाँले सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ ।

एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र मुद्दाको पुनरावलोकन निवेदनमाथि सुनुवाइ गरेका अर्का न्यायाधीश तेजबहादुर केसीबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश परामर्शमा जुट्नुभएको हो । आज पनि यसअघि गठन भएकै संवैधानिक इजलासमा रिटको सुनुवाइ तोकिएको छ ।

अस्ति आइतवारको सुनुवाइमा प्रधानन्यायाधीश जबराले यसबारे न्यायाधीश केसी र श्रेष्ठले नै निर्णय गर्ने बताउनुभएको थियो । तर न्यायाधीश केसी र श्रेष्ठले राजनीतिक मुद्दा जोडेर वकिलहरूले ‘आफूलाई मुद्दा हेर्न नमिल्ने भनेकै आधारमा इजलास नछाड्ने’ बताएका थिए । 

प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमा कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट बहस गरिरहेका अधिवक्ता गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता टीकाराम भट्टराईले न्यायाधीश केसी र श्रेष्ठको विषयमा प्रश्न उठाएपछि रिटमा सैद्धान्तिक छलफल नै सुरु हुन सकेको छैन ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया