न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मङ्गलवार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीकाे स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको पार्टी प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
यसअघि एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो भने अरू १२ जना नेतालाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएका १२ जना नेताले जवाफ नदिएपछि उनीहरूमाथि थप कारबाही गर्ने तयारी भइरहँदा हिजो बेलुकी दुवै पक्षका दोस्रो तहका नेताबीच एकताका लागि थप पहल गर्ने समझदारी बनेको थियो ।
पार्टी प्रवक्ता ज्ञवालीका अनुसार यसअघि पार्टीले स्पष्टीकरण सोधेका १२ जनाका बारेमा केही निर्णय भएको छैन । ‘धेरैभन्दा धेरै साथीहरू पार्टीको मूल नेतृत्वमा अडियून् भन्ने हाम्रो प्रयास जारी छ’, उहाँले भन्नुभयो, ‘आफ्नो पार्टीका नेतालाई हटाएर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा केही साथीहरू लागिरहनुभएको छ तर ती साथीहरू पार्टीमा फर्कनुभयो भने राम्रै हुन्छ ।’
उहाँले पार्टी विवाद समाधान गर्नका लागि गठित कार्यदल अहिले अस्तित्वमा नभएको स्पष्ट पार्दै कार्यदलमा रहेका केही साथी कारबाहीमा परेकाले आवश्यकताका आधारमा कार्यदल पुनर्गठन हुन सक्ने बताउनुभयो ।
बैठकमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने खालका दबाब र गतिविधिबारे गम्भीर छलफल भएको छ । ‘आफूले भनेकै न्यायाधीश र आफूले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढङ्गले दबाब दिनु स्वतन्त्र न्यायपालिकाको मर्मसंँग मेल खाँदैन’, उहाँले भन्नुभयो, ‘त्यस्तो कुरा गर्नुहुँदैन र हुनुहुँदैन भन्ने हाम्रो निष्कर्ष रहेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।