नेपाल प्रिमियर लिग क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदै
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएपछि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफूलाई माया गर्ने सबै जनाप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँले आफूलाई आर्शीवाद दिने र आफ्नो स्वास्थ्यप्रति चिन्ता राख्नेसँगै उपचारमा खटिने डाक्टर, नर्सप्रति आफू कृतज्ञ रहेको बताउनुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले दर्शक, श्रोतासहित सबैको मायाको बलले कोरानारूपी विषलाई मज्जाले पचाएको बताउनुभयो । उहाँले सबैको माया, शुभेच्छा, प्रार्थना, र आशीर्वादकाे बलले गर्दा कोरोनाले जित्न नसकेको बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ बस गरेर ह्वाँ... ह्वाँ ... रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो... ... । अब शरीरमा अलि अलि शिथिलता बाकीँ छ । त्यो पनि अलि अलि गर्दै कम–कम हुँदैछ ।’
यस्तै उहाँले सरकारले काेराेना सङ्क्रमणलाई पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो खाेप बटुलेर नागरिकलाई दिएर ज्यान बचाउन तिर लाग्न सुझाव दिनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।