विवेकशील साझा पार्टीका पूर्वसंयाेजक उज्ज्वल थापाकाे निधन

 जेठ १८, २०७८ मंगलबार १७:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विवेकशील साझा पार्टीका पूर्वसंयाेजक उज्ज्वल थापाको निधन भएको छ । उहाँको उपचारका क्रममा आज दिउँसाे निधन भएको हो ।

कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । थापालाई श्वासप्रश्वासको समस्या भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । निमोनियाका कारण थापाको फोक्सोमा सङ्क्रमण फैलिएको डाक्टरले बताएका थिए । कोरोना भाइरसको सङ्क्रमण भएपछि उहाँलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यसपछि ह्याम्सबाट  ग्राण्डी अस्पताल रिफर गरिएको थियो ।

गएको शुक्रवार उहाँलाई ग्राण्डीबाट नेपाल मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । मेडिसिटीमा इक्मो प्रविधिबाट उहाँको उपचार भइरहेको थियो । थापालाई चिन्ने प्राय सबैले उहाँको स्वास्थ लाभको कामना गर्दै आएका थिए ।

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्ने उद्देश्य बाेक्नुभएका थापा विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्वसंयोजक हुनुहुन्थ्याे । उहाँको उपचारका लागि रकम सङ्कलनसमेत भएको थियो । 

पछिल्लाे पटक गरिएकाे काेराेना परीक्षणमा थापाकाे रिपाेर्ट नेगेटिभ आएकाे थियाे । यस्तै उहाँकाे अन्तिम संस्कार साधारण रूपमा गरिने बताइएकाे छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया