साना–मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार निय...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको छ । ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले पनि यादवको नाम हटाउन आयोगलाई पत्र पठाउनुभएको हो ।
ठाकुरले निर्वाचन आयोगलाई पठाएको पत्रमा यादवलाई पार्टीको विधानअनुसार अनुशासन कारबाही भइ साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । पत्रमा दलको दर्ता किताबबाट यादवको नाम हटाइ अद्यावधिक गर्न अनुरोधसमेत गरिएको छ ।
यसअघि आजै उपेन्द्र यादव पक्षले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरिएको व्यहोरासहितको पत्र निर्वाचन आयोगमा पठाएको थियो ।
एक–अर्को पक्षलाई निष्कासन गर्ने होडबाजीसँगै जसपा विभाजनको अन्तिम बिन्दुमा पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।