चीनले अनुदानमा दिएको खोप २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने

 जेठ १८, २०७८ मंगलबार २०:३६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेराेसेल खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।  

चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नाै लाख डोज खोप आज काठमाण्डौ आइपुगेको छ । एक लाख डाेज भाेलि आइपुग्ने भएकाे छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो । 

 

अन्तिम अपडेट: कात्तिक २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ganesh Thapa Magar

    June 2, 2021, 1:44 p.m.

    मैले भेरोसेलको पहिलो खोप काठमाडौंमा लगाएको हो ...लकडाउनले गर्दा म गाउँ आएको छु / अब मैले दोश्रो डोज लगाउन पाउँछु होला नि है ..कृपया जानकारी पाउँ /

  •  0 Reply

तपाईको प्रतिक्रिया