उपेन्द्र र महन्थलाई निर्वाचन आयोगको पत्र : ‘कारबाही पुष्टि हुने आधारसहित आउनुहोस्’

 जेठ १९, २०७८ बुधबार १७:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक–अर्कालाई कारबाही गरिएकोबारे प्रक्रिया पुर्‍याउन आग्रह गरेको छ ।

दुवै अध्यक्षले मङ्गलवार (हिजाे) एक–अर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । तर निर्वाचन आयोगले भने कारबाही गर्नुपर्ने आधार र कारबाही गर्नका लागि चाहिने पदाधिकारी तथा केन्द्रीय सदस्यको हस्ताक्षर तथा ढाँचा नमिलेको भन्दै पुष्टि हुने कागजात पठाउन पत्र पठाएको हो ।

दुवै अध्यक्षले एक–अर्कालाई कारबाही गरिएको उल्लेख गरे पनि कारबाही पुष्टि हुने आधिकारिक कागजात र निर्णयको प्रतिनिधि नपठाएको आयोगले जनाएको छ । सरकारले गरेको प्रतिनिधि सभा विघटनको विषयलाई लिएर जसपा फुट नजिक पुगेको छ ।

अध्यक्ष महन्थ ठाकुर पक्षले प्रतिनिधि सभा विघटन ठिक हो भन्दै सरकारमा समेत सहभागी हुने तयारी गरेको छ । तर अर्का अध्यक्ष उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई पक्षले भने सरकारको कदमलाई प्रतिगामी भन्दै विपक्षी दलको गठबन्धनमा आबद्ध भएको छ । दुवै पक्षले एक–अर्कालाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरिसकेका छन् ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया