प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक छ : डब्ल्यूएचओ

 जेठ २०, २०७८ बिहीबार ६:२३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक रहेको जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ११ दिनसम्म चलेको सङ्घर्षका कारण समस्यामा परेका त्यहाँका दुई लाख जनालाई स्वास्थ्य सामग्रीको आवश्यकता रहेको डब्ल्यूएचओले जनाएको हो  ।

युद्धका कारण धेरै विस्थापित भएकाले मानवीय सङ्कटको जोखिम बढेको पनि डब्ल्यूएचओले चेतावनी दिएको छ । डब्ल्यूएचओका अनुसार युद्धका कारण ७७ हजार जनाभन्दा धेरै मानिस विस्थापित भएका छन् भने ३० भन्दा धेरै स्वास्थ्य संस्थामा क्षति पुगेको छ । यस्तै, युद्धग्रस्त क्षेत्र गाजा संयुक्त राष्ट्रसङ्घ र रेड क्रस सोसाइटीका पदाधिकारीले निरीक्षण गरेका छन् ।

११ दिनसम्मको युद्धका कारण गाजा क्षेत्रका धेरै घर र विद्यालयसँगै अस्पतालहरू भत्किएका छन् । युद्धमा ६६ बालबालिकासहित २५४ जना प्यालेस्टाइनीको ज्यान गएको गाजा क्षेत्रका स्वास्थ्य अधिकारीले बताएका छन् । इजरायलतर्फ भने दुई बालबालिकासहित १२ जनाको ज्यान गएको थियाे।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया