वायु प्रदूषण बढ्दो : प्लाष्टिक, कृषि अवशेष लगायत नजलाउन वाताव...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इजरायलमा बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ । विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएसँगै प्रधानमन्त्री नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुन लागेको हो । विपक्षी दलहरुले रोलक्रमका आधारमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति गरेका बीबीसीले जनाएको छ ।
७१ वर्षका नेतान्याहु इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुनुहुन्छ । उहाँले विपक्षी गठबन्धनको सरकार बने देशलाई खतरा हुने चेतावनी दिँदै आउनु भएको छ । विपक्षी गठबन्धनमा सहमति बने पनि नयाँ सरकारले शपथ लिनका लागि संसदमा मत लिनु पर्ने खबरमा उल्लेख गरिएको छ ।
योसँगै नेतान्याहुको नेतृत्व इजरायलमा अन्त्य हुने सम्भावना बढेको छ । सन् २००९ देखि प्रधानमन्त्रीमा रहेका नेतान्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।