पार्टीले कारबाही गरेको अनधिकृत समूहले बोलाएको बैठकमा सहभागी नहुनू - एमाले

 जेठ २०, २०७८ बिहीबार ८:५०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपा एमालेको संस्थापन पक्षले खनाल-नेपाल समूहले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गरेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर खनाल-नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन आग्रह गर्नुभएको हो । 

अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था रहेको भन्दै उहाँले पार्टीको विधान विपरीत बोलाइएको बैठकमा सहभागी नहुन आग्रह गर्नुभएको हो । 

पार्टीले कारबाही गरेको अनधिकृत व्यक्तिले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सूचना प्राप्त भएको र त्यस्तो क्रियाकलापको आफूहरुले निन्दा गर्ने सचिव तामाङले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया