भारतका रेल मार्गमा गएको वर्ष आठ हजार सात सय जनाभन्दा बढीकाे ज्यान गयाे

 जेठ २१, २०७८ शुक्रबार १२:१३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतका रेल मार्गमा गएको वर्ष आठ हजार सात सय जनाभन्दा धेरैको ज्यान गएको छ। कोरोना भाइरसको महामारीका कारण देशव्यापी लकडाउन भइरहेकै बेला उनीहरूको ज्यान गएको रेलवे समितिलाई उदृत गर्दै समाचारसंस्था पीटीआइले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा धेरैजसो आप्रवासी कामदार रहेका रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । मध्यप्रदेशका अभियान्ता चन्द्र शेखर गुरुले सूचनाको हक ऐनअन्तर्गत सूचना माग गरेपछि विवरण सर्वजनिक भएको हो ।

लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमाउनु परेको र खाद्यान्न लगायतको अभाव भएका कारण कामदारहरु रेलमार्ग हुँदै हिँडेर आ-आफ्ना घरतर्फ जाने क्रममा उनीहरुका ज्यान गएको पाइएको छ । रेलवे समितिका प्रवक्ता डीजे नारायणले रेल मार्गमा रेल दुर्घटना भएर नभइ रेल मार्ग अतिक्रमण गरेकाले उनीहरुको ज्यान गएको बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया