साना–मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार निय...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले आज सरकारमा जाने तयारी गरेको छ । हिजो राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर अध्यक्ष ठाकुरले सरकारमा जाने विषय लगभग टुङ्ग्याएको एक नेताले जानकारी दिएका छन् ।
राष्ट्रपति कार्यालयबाट जुनसुकै बेला फोन आउन सक्ने भएकाले तयार भएर बस्न भनिएको उनले बताएका छन् । मिल्न बाँकी विषयमा अध्यक्ष ठाकुरले आज पनि प्रधानमन्त्री ओलीसँग छलफल गर्दै हुनुहुन्छ । छलफलमा जसपाले गृहसहितका आठ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले गृह दिन नसकिने बताउनुभएको थियो ।
राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जानका लागि जसपाले नेताहरूको सूची पनि तयार गरिरहेको एक नेताले बताएका छन् । राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अगरिया, एकवाल मियाको नाम लगभग टुङ्गिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहका सूर्य थापाले सहमति भएमा जसपा सरकारमा सहभागी हुने कुरा स्वाभाविक रहेका बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।