सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – कतार वा टर्कीलाई ट्रान्जिट बनाएर साउदीबाट नेपाल आउन सकिने भएको छ । नेपाल सरकारले पछिल्लो समय कतार, टर्की र चीनसहित तीन देशसँगका नियमित उडान खुला गरेको छ । योसँगै साउदीमा रहेका नेपाली श्रमिक पनि कतार वा टर्कीलाई ट्रान्जिट बनाएर नेपाल फर्किन सक्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
साउदीबाट सोझै नेपाल जाने फ्लाइट खोल्ने सम्बन्धमा अझै कुनै निर्णय नभैसकेको भए पनि नेपाल जान चाहनेले यी देशलाई ट्रान्जिट बनाएर जानसक्ने दूतावासको भनाइ छ । दूतावासका अनुसार कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअरलाइन्समध्ये आफूलाई सहज हुने फ्लाइटमार्फत नेपाल जान सकिनेछ ।
टिकटको लागि सम्बन्धित एअरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।