कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि अस्पतालहरू तयार रहनू : मन्त्रालय

 जेठ २१, २०७८ शुक्रबार १७:२१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन अस्पतालहरूलाई अनुरोध गरेको छ ।

सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई पत्र पठाएर मन्त्रालयले २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाकाे उपचारका लागि प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न भनेको हो ।

पहिलो र दोस्रो लहरमा प्रौढ तथा युवा व्यक्तिहरू बढी सङ्क्रमित भएको र तेस्रो वा त्यसपछि आउने लहरहरूमा बालबालिका बढी प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले अक्सिजनको व्यवस्थापनसमेत गर्न अस्पतालहरूलाई भनेको छ ।  

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया