न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले रासायनिक मलको अभाव नभएको बताउनुभएको छ । शुक्रवार कृषि सामग्री कम्पनी लिमिटेडमा पुगी रासायनिक मलको अवस्थाका बारेमा अनुगमन गरिसकेपछि बोल्दै मन्त्री अर्यालले खेती लगाउने प्रयोजनका लागि मलको अभाव नभएको बताउनुभएको हो ।
मल पर्याप्त रहेको उहाँको भनाइ छ । मल पर्याप्त रहे पनि वितरणमा समस्या देखिएको भन्दै वितरणको समस्यालाई पनि छिटो भन्दा छिटो समाधान गरिने उहाँले बताउनुभयो । असार र साउनमा खेती लगाउने प्रयोजनका लागि मल पर्याप्त भएको भन्दै उहाँले भदौ र असोजका लागि मल ल्याउने तयारी भइरहेको भन्दै स्टक नराख्न किसानहरूलाई मन्त्री अर्यालले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आजको दिनमा हाम्रो खेतीबाली लगाउनसम्मको निम्ति मल पर्याप्त छ । थोरै समस्या वितरणसँग जोडिएर छ । वितरणसँग जोडिएका समस्या हामी तुरुन्तै समाधान गर्छाैँ । भदौमा मल आउँदैन कि, असोजमा मल हुँदैन कि भनेर अहिले यो सिजनको निम्ति हामीले प्रबन्ध गरेको, वितरणको निम्ति ल्याएको मल आफूलाई आवश्यकताभन्दा बेसी राखिदिने अनि भर्खरै किसानले नपाउने, भोलिको निम्ति साँचिदिने त्यो काम नगरिदिनका लागि अनुरोध गर्दछु । असार र साउनका लागि वितरण गरेको मल भदौ र असोजको लागि स्टक नराख्नुहोस् । मल पर्याप्त छ ।’
उहाँले कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषकको पहिचानसहित मल वितरणको व्यवस्था मिलाउन निर्देशनसमेत दिनुभएको छ । उहाँले सहकारीहरूलाई दोस्रो पटक मल लिन आउँदा पहिलो पटक लगेको मल वितरणको मुल्य सूचीसहितको विवरण माग गरेर मात्रै दिन पनि निर्देशन दिनुभयो । पालिकालाई पनि पत्राचार गरेर मल स्टक नराख्न अनुरोध गर्नुपर्ने, मलको आपूर्ति र वितरणसँग जोडिएका कर्मचारीलाई स्वास्थ्य प्रोटोकल पालना गरेर निरन्तर सेवा प्रवाहमा खट्न पनि उहाँको निर्देशन छ । उहाँले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई आपुर्ति र वितरणको दैनिक विवरण कृषि मन्त्रालयमा पेस गर्न निर्देशन दिनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेडले अहिले रासायनिक मल युरिया २० हजार ८६ दशमलव ९५० मेट्रिक टन, डीएपी ३९ हजार दुई सय ८६ दशमलव ६८८ मेट्रिक टन, पोटास चार हजार एक सय ४६ दशमलव ६५० मेट्रिक टन र कृषि चुन चार सय ४४ दशमलव ५७५ मेट्रिक टन मौज्दात रहेको बताएको छ । साथै साल्ट ट्रेडिङ कर्पोरेशनसँग अहिले रासायनिक मल युरिया १५ हजार दुई सय चार मेट्रिक टन, डीएपी १४ हजार चार सय ४४ मेट्रिक टन र पोटास तीन हजार आठ सय ९६ मेट्रिक टन मौज्दात रहेको छ जनाएको छ । त्यस्तै रासायनिक युरिया मल ६५ हजार मेट्रिक टन असार महिनाभित्रै प्राप्त हुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा जानकारी गराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।