मनिषा कोइराला एचपीभी खोप अभियानका लागि खोपदूत नियुक्त
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुहुने भएको छ । ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई हटाएर महासेठलाई उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको हो ।
उज्यालो अनलाइनसँगको कुराकानीमा नेता महासेठले आफू देशको आवश्यकताअनुसार उपप्रधान तथा परराष्ट्र मन्त्री बन्न लागेको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीले देशको आवश्यकताअनुसार मलाई नियुक्त गर्ने जानकारी आयो, शपथको तयारी गर्दैछु’, महासेठले भन्नुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी दिन लाग्नुभएको छ । उज्यालोसँगको कुराकानीमा नेता तामाङले प्रधानमन्त्रीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको र यसलाई चुनौती र अवसर दुवैको रूपमा लिएको बताउनुभयो ।
‘यस्तो बेलामा मन्त्री बन्नु भनेको अवसर र चुनौती दुवै हो, उहाँले मेरो आवश्यकता ठानेर त्यो ठाउँ दिनुभयो भने मैले पनि जिम्मेवारी पूरा गर्नको लागि डटेर लाग्नुपर्छ’, तामाङले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।