यी हुन् ओली सरकारबाट बाहिरिएका मन्त्रीहरू

 जेठ २१, २०७८ शुक्रबार २०:५४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारमा रहेका एमालेका अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ र यातायात मन्त्री वसन्त नेम्वाङबाहेक अरू सबै मन्त्री हटाउनुभएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, पर्यटन मन्त्री भानुभक्त ढकाल, वन मन्त्री प्रेमबहादुर आले, कृषि मन्त्री पद्मा अर्याल, सञ्चार मन्त्री पार्वत गुरुङ, सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फे र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो मन्त्रीबाट हट्नुभएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, स्वास्थ्य राज्यमन्त्री नवराज रावत र वाणिज्य राज्यमन्त्री विमला विक पनि हट्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्नुभएको हाे । जनता समाजवादी पार्टीका आठ मन्त्री र दुई जना राज्यमन्त्रीले शपथ लिएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । नयाँ र पुराना गरी आज १७ जनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • BRatna

    June 4, 2021, 9:07 p.m.

    मर्ने बेलामा हरियो काक्रो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया