अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढेको छ । त्यहाँको अफिस फर नेशनल स्टाट्टिक्स् ओएनएसले अहिले सङ्क्रमितको संख्या झण्डै दुई तिहाइले बढेको जनाएको छ । गएको मे महिनाको अन्त्यतिर झण्डै एक लाख जनामा सङ्क्रमण पाइएको छ । यसअघिको हप्तामा ६० हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पुष्टि भएको थियो ।
ओएनएसका अनुसार हिजो बेलायतमा ६ हजार २ सय ७८ नयाँ बिरामी देखिएको छ । यसमध्ये ९ सय ५४ जना अस्पतालमा भर्ना भएका थिए भने ११ जनाको ज्यान गएको थियो । बेलायतमा कोरोनाको डेल्टा भेरियन्टका कारण सङ्क्रमण फैलिरहेको पाइएको छ ।
स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको परीक्षण बढाए अझ बिरामीको सङ्ख्या धेरै निस्कने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले बेलायतमा भेटिएको नयाँ भेरियन्टलाई अल्फा, भारतमा सबैभन्दा पहिला भेटिएकोलाई किप्पा र पछि भेटिएकोलाई डेल्टा तथा दक्षिण अफ्रिकामा भेटिएकोलाई बीटा नाम दिएको छ । बेलायतमा अहिलेसम्म ४५ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने एक लाख २७ हजार ८ सय २३ जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।