‘राजेन्द्र महताेको अभिव्यक्ति नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन ’ : वामदेव गौतम

 जेठ २२, २०७८ शनिबार १५:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महताेको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

संविधानको मर्म विपरित काम गर्ने छैन भनेर सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूहरुले अहिले पनि सञ्चालन गरिरहेकाे भन्ने अभिव्यक्तिप्रति उहाँले असन्तुष्टि जनाउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘संविधानको धारा ४ मा स्पष्ट भनिएको छ, नेपाल अनेकौँ विशेषता सहितकाे राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विखण्डन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन ।’

उपाध्यक्ष गौतमले राजेन्द्र महताेको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिनेसमेत बताउनुभएको छ । यस्तै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्य लागेकोसमेत बताउनुभएको छ ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया