पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा ३० जनाको ज्यान गयो

 जेठ २४, २०७८ सोमबार १०:३१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा ३० जनाको ज्यान गएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा रेल आपसमा ठोक्किएको हो ।

दुर्घटनामा कम्तीमा पनि ४० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रेडियो पाकिस्तानका अनुसार केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ । रेलका डब्बामा फसेकाहरुको उद्धारका लागि उद्धार टोली खटिएको छ ।

रावलपिण्डीबाट कराचीका लागि छुटेको सर सैयद एक्सप्रेस र कराचीबाट सरगोधका लागि छुटेको मिल्लत एक्सप्रेस ठोक्किएका हुन् ।  दुर्घटनामा मिल्लत एक्सप्रेसको आठ र सर सैयद एक्सप्रेसको इन्जिनसमेत गरी तीन वटा डब्बा रेलको लिकबाट उछिट्टिएको छ । दुर्घटना भएको रेलको लिकमा अहिले आवतजावतमा रोक लागाइएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया