मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएशन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजी प्रालिसँग सहकार्य गरेका छन्।
प्याब्सन र एनप्याब्सनले मिदाससँग गरेकाे सहकार्य अनुसार विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर Mero Doctor – Online Video consultation Service मार्फत कुनै पनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क बनाइएकाे छ ।
मिदास टेक्नोलोजीज् प्रा. लि. ले सञ्चालनमा ल्याएको Mero Doctor (Telemedicine सेवा) मा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरुले नियमित रुपमा भिडियोमार्फत परामर्श दिनेछन् । बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट Mero Doctor मा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिइ दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नेछन् ।
Mero Doctor बाट सेवा कसरी लिने ?
⦁ बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र ठाउँबाट यो Telemedicine सेवा लिन सक्नुहुनेछ ।
⦁यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट Mero Doctor एप डाउनलोड गर्न सकिन्छ ।
⦁आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर Mero Doctor एप डाउनलोड गर्न सकिन्छ ।
⦁ ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा www.merodoctor.com टाइप गरेर यो सेवा लिन सकिन्छ ।
⦁Mero Doctor कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com/help ले थप मद्दत गर्नेछ । सजिलोका लागि यो लिंकमा म्यानुअल राखिएको छ ।
⦁ निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिने छ :9847691129, 9823012581, 9847393153, 9847396536
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।