अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।
हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।
हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।
यसैबीच भारतकै पश्चिम बङ्गालका तीनवटा जिल्लामा चट्याङ्ग लागेर कम्तीमा २३ जनाको ज्यान गएको छ । अरु केही घाइते भएका छन् ।
हुगलीमा १० जना, मुर्सिदाबादमा नौ जना, हाबडा र पश्चिम मोदिनीपुरमा २/२ जनाको ज्यान गएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै घटनाप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरुका लागि ५० हजारका दरले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।