जोगियो सुदूरपश्चिम प्रदेश सरकार

 जेठ २५, २०७८ मंगलबार १२:३८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएको छ। मुख्यमन्त्री भट्टले आज प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव पेस गरेपछि सभामुखले निर्णयार्थ पेस गर्दा उहाँको पक्षमा बहुमत पुगेको हो । आज प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत प्राप्त भएको छ।

विपक्षमा ९ मत खसेको हो । १२ जना सांसद मतदान प्रक्रियामा सहभागी नै भएनन् । ५२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । मुख्यमन्त्री भट्टले प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत लिनुभएको हो।

यसअघि मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेको थियो भने नेपाली कांग्रेसले भट्टको सरकार जोगाउन मत आवश्यक परेमा मात्रै दिने अन्यथा तटस्थ बस्ने निर्णय गरेको थियो । माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया