प्रत्यक्ष वैदेशिक लगानीलाई सहज बनाउँदै विनियमावली जारी

 जेठ २५, २०७८ मंगलबार १४:४३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति नलिए पनि हुने भएको छ । विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ जारी गर्दै राष्ट्र बैंकले वैदेशिक लगानी भित्र्याउनका लागि राष्ट्र बैंकमा निवेदन दिएर स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरेको हो ।

लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरेपछि विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य नहुने विनियमावलीमा उल्लेख छ । तर विदेशी लगानी स्वीकृत भएपछि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुअघि लिखित जानकारी भने दिनुपर्नेछ । यसअघि सानो–सानो विदेशी रकम लगानी भित्र्याउन पनि राष्ट्र बैंकको स्वीकृति चाहिने थियो ।

यस्तै विदेशी लगानीबापतको मुद्रा सटहीमा पनि राष्ट्र बैंकले सजिलो बनाएको छ । विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही सुविधा प्रदान गर्दा विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति/सिफारिसको आधारमा गरिने उल्लेख छ ।

लगानीको लेखाङ्कनलाई पनि सुधार गरेर कागजपत्र पूरा भएको सात दिनभित्र लेखाङ्कन गरिसक्ने बनाइएको छ । राष्ट्र बैंकको विनियमावली आएसँगै विदेशी लगानी भित्र्याउन थप सहज हुनेछ । 

यस्ताे छ विनियमावली–

 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया