अन्तर्राष्ट्रिय उडान : मे महिनामा मात्रै १२ हजारभन्दा धेरै यात्रु नेपाल आए

 जेठ २६, २०७८ बुधबार ११:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – गएको मे महिनामा मात्रै अन्तर्राष्ट्रिय उडानमार्फत १२ हजारभन्दा धेरै यात्रु नेपाल भित्रिएका छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले मे ६ अर्थात् वैशाख २३ गते मध्य रातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि एक महिनाको अवधिमा १२ हजार ४ सय यात्रु नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । नेपाल आउनेमा १० हजार १९२ जना पुरुष, २२ सय ६ जना महिला र २ जना अन्य रहेका छन् । 

यही अवधिमा २३ हजार १३५ जना नेपालबाट बाहिरिएका छन् । अध्यागमन विभागको तथ्याँक अनुसार मे महिनामा मात्रै १७ हजार ४१२ जना पुरुष, ५्र७ सय ७ जना महिला र १६ जना अन्य गरी २३ हजार १३५ जना नेपालबाट विभिन्न देशमा गएका हुन । 

सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पनि नेपाल र भारतबीच एअर बबल सम्झौता अन्तर्गत हप्तामा दुई उडान नियमित भइरहेको छ । यस्तै चार्डड, उद्धार र अन्य विशेष उडानहरू भइरहेको छ ।

सरकारले जेठ १८ गतेदेखि कतार, चिन र टर्कीबाट नियमित उडान खोलेको छ । सातामा एक उडान हुने गरी यी तीन देशमा उडान खुलेको हो । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया