जुलाई ३१ सम्मलाई साउदीले भिसाको अवधि निःशुल्क बढाउने

 जेठ २६, २०७८ बुधबार १२:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीले कोरोना महामारीको कारण उडानहरू बन्द हुँदा आउजाउ गर्न नपाएका विदेशी श्रमिकको भिसाको अवधि बढाइदिने भएको छ । 

उडानहरू बन्द हुँदा साउदी फर्कन नपाएका र साउदीबाट स्वदेश फर्कन नपाएका श्रमिकको समस्यालाई सम्बोधन गर्न भिसाको अवधि जुलाई ३१ सम्म बढाउने साउदीले जनाएको छ । विदेशी कामदार जो उडान प्रतिबन्धका कारण साउदी जान पाएका छैनन् उनीहरूको अकामा र आवागमनको भिसा अवधि स्वतः बढ्ने छ । 

यसरी भिसाको अवधि थपिँदा कुनै पनि शुल्क लाग्ने छैन ।

यस्तै, साउदीले कोरोना महामारीको कारण उडानहरू बन्द हुँदा स्वदेश फर्कन नपाएका विदेशी नागरिकको पनि बसोबासको अनुमति र एक्जिट भिसाको अवधि स्वतः जुलाई ३१ सम्म बढाउने जनाएको छ ।

 योसँगै भिजिट भिसाको अवधि सकिएका विदेशी नागरिकको पनि जलाई ३१ सम्म नै भिसाको अवधि थपिनेछ । कोरोना महामारीको कारण उडानहरू बन्द भएका देशका नागरिकहरुको हकमा मात्र यो नियम लागू हुनेछ । 

नेपालले पनि कोरोना सङ्क्रमण रोकथामका लागि साउदी र नेपालबीच हुने उडानमा प्रतिबन्ध लगाएकाले साउदीमा कार्यरत नेपाली श्रमिक पनि नयाँ व्यवस्थाबाट लाभान्वित हुनेछन् । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया