सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो, चाँदीको भ...
माघ १६, २०८१ बुधबार
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदौमा पार्टीको चौधौँ महाधिवेशन गर्न प्रतिबद्धता जनाउनुभएको छ । बुधवार विज्ञप्ति निकालेर सभापति देउवाले आउँदो भदौमा पार्टीकाे चौधौँ महाधिवेशन हुने र त्यसमा आफू प्रतिबद्ध रहेको जानकारी गराउनुभएको हो ।
पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान भएको भन्दै उहाँले पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्रोसँग बुझेको बताउनुभयो ।
महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको भन्दै उहाँले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति स्वीकार्य नहुने बताउनुभयो । पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने काम भएको भन्दै उहाँले यसका लागि सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
असार र साउन महिनाभर महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्ने भन्दै उहाँले पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनको तयारीलगायत महाधिवेशनका सबै काम सक्नुपर्ने भन्दै सभापति देउवाले यसका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन भइ काम भइरहेको जानकारी दिनुभयाे ।
महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरि आ–आफ्नो ठाउँबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भइ लाग्नसमेत उहाँले कार्यकर्तालाई आह्वान गर्नुभएकाे छ ।
यसैबीच उहाँले सरकारले नागरिकको स्वास्थ्यका बारेमा समयमा गम्भीर भइ इमानदारीपूर्वक काम नगरेका कारण यो अवस्था सिर्जना भएको र यसमा सरकार पूर्ण रूपले दोषी रहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।