उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले हानिकारक गतिविधिमा संलग्न नहुन रुसलाई चेतावनी दिनुभएको छ । बेलायत भ्रमणमा रहनुभएका राष्ट्रपति बाइडेनले आफूले रुससँग सामान्य सम्बन्ध चाहेको तर रुसी सरकार कुनै पनि हानिकारक गतिविधिमा संलग्न भएमा अमेरिकाले ठोस र अर्थपूर्ण जवाफ दिने बताउनुभएको बीबीसीले जनाएको छ ।
सफोल्कमा रहेको आरएएफ मिल्डेनहल एअरबेसमा अमेरिकी सैनिक तथा उनीहरुका परिवारलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले रुसका गतिविधिलाई अमेरिकाले गम्भीरताका साथ हेरिरहेको बताउनुभयो । राष्ट्रपतिको जिम्मेवारीमा आएपछि बाइडेन पहिलो विदेश भ्रमणका क्रममा बेलायत जानुभएको हो ।
उहाँले आज बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गर्नुहुने छ । आठ दिन युरोपमा रहँदा बाइडेनले बेलायती महारानीसँग भेटवार्ता गर्नुहुने छ भने विकसित देशहरुको समूह 'जी' सेभेनको बैठकमा भाग लिनुहुनेछ । भ्रमणको अन्त्यमा बाइडेनले जेनेभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको बीबीसीले जनाएको छ ।
पुटिनसँगको भेटमा हतियार नियन्त्रण, जलवायु परिवर्तन, रुसबाट हुने साइबर आक्रमण तथा रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी लगायतका विषयमा कुरा गर्ने ह्वाइट हाउसले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।