चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से कारोबार बन्द हुने बेलामा एक दशमलव आठ अङ्कले घटेर दुई हजार नौ सय ४४ दशमलव ७८ विन्दुमा झरको छ ।
आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, लगानी र म्युचल फन्ड समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर झन्डै १८ अङ्कले, व्यापारको ५७, होटलको २७, जीवन बीमा समूहको दुई सय ७३, निर्जीवन बीमा समूहको ४५ अङ्कले घटेको छ ।
आज दुई सय २० वटा कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १६ अर्ब १० करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीको झन्डै एक अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
आज बोटलर्स नेपाल र रुरु जलविद्युत् कम्पनीको शेयर तीन प्रतिशतका दरले घटेको छ । समग्र बजार घटे पनि १२ वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।