मलेसियामा रोकिएका श्रमिक उडान खुलेपछि पुरानै 'चेक आउट मेमो'मार्फत घर फर्किन सक्ने

 जेठ २८, २०७८ शुक्रबार १४:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाबाट स्वदेश फर्कन चेक आउट मेमो लिइसकेका तर उडान बन्द हुँदा रोकिएकाहरू उडान खुलेपछि सजिलै स्वदेश फर्कन सक्ने भएका छन् ।

मलेसियामा रहेको नेपाली दूतावासले फेसबुक लाइभमार्फत चेक आउट मेमो लिइसकेर पनि उडान बन्द हुँदा स्वदेश फर्कन नपाएकाहरू उडान खुलेपछि सजिलै जान सक्ने बताएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले उडान बन्द गर्दा घर फर्कन चेक आउट मेमो लिएर पनि फर्कन नपाएको अवस्था छ । चेक आउट मेमोको मिति सकिए पनि उडान बन्द भएको कारण रोकिएकाहरू उडान खुलेपछि पुरानै चेक आउट मेमोमार्फत नै स्वदेश फर्कन सकिने दूतावासले जनाएको छ ।

यस्तै दूतावासका अनुसार, भिसा सकिएका श्रमिकले कम्पनीसँग अनुरोध गरेर स्पेसल पास पनि बनाउन सक्नेछन् । भिसा सकिएको छ तर घर फर्किने चेक आउट मेमो लिएको छैन भने पनि कम्पनीसँग अनुरोध गरी पास लिन सकिन्छ ।  मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया