सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको दाबी परेको छ ।
उहाँले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी गर्दै प्रदेश प्रमुख कार्यलयमा दाबी पत्र दर्ता गर्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उहाँले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।
दाबी पत्र दर्तासमेत भइसकेको छ । मुख्यमन्त्रीमा पोखरेललाई दाबी गर्न ३१ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्याउन ३१ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा)का २ र स्वतन्त्र १ गरी ३१ सांसदको हस्ताक्षरसहित उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले हिजो प्रदेश सभामा विश्वासको मत लिन नसक्नुभएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार दाबी पेस गर्न २४ घण्टे आह्वान गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।