उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन र राष्ट्रसङ्घीय बालकोष युनिसेफले फिलिपिन्समा पोलियो उन्मूलन भएको घोषणा गरेका छन् । झण्डै दुई वर्ष पहिले निकै सङ्क्रामक मानिएकाे यस राेग फिलिपिन्समा फेरि देखिएपछि देशव्यापी पोलियो उन्मूलन अभियान चलाइएको थियो । तर, यस वर्षको जुन ३ देखि पोलियो रोकथाम अभियान औपचारिक रुपमा स्थगित गरेको विश्व स्वास्थ्य सङ्गठन र राष्ट्रसङ्घीय बालकोष युनिसेफले जनाएका छन् ।
गएको १६ महिनाको अवधिमा कुनै पनि बालबालिका तथा वातावरणमा भाइरसका अवशेष नभेटिएपछि उन्मूलनको घोषणा गरिएको हो । खोप र निगरानीका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिएपछि पोलियोका नयाँ बिरामी नभेटिएको विज्ञप्तिमा भनिएको छ ।
कोभिड–१९ का कारण ठूलो सङ्कट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो । युनिसेफले फिलिपिन्सको स्वास्थ्य सेवा विभागका लागि खोप खरिद र ढुवानी, खोप निर्देशिका निर्माण तथा सामाजिक परिचालन समेतका विषयमा सहयोग गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले विश्वका दुई राष्ट्र अफगानिस्तान र पाकिस्तानमा भने अझै पोलियोको समस्या छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।