सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – पूर्व प्रधानमन्त्री र दलका शीर्ष नेताहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् । छलफलपछि जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरुले लोकतन्त्रको रक्षाका लागि पर्न सुझाव दिएको बताउनुभयो ।
छलफलका क्रममा नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संसदको विघटन गरेकाले सर्वोच्च अदालतले पुनर्स्थापना गर्नुपर्ने समेत बताएका थिए । त्यस्तै बैठकमा नेताहरुले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने र चुरेबाट सरकारले गिट्टी बालुवा निकासी गर्न लागेको भन्दै त्यसको विरोध गर्नुपर्ने बताएका थिए ।
बैठकमा सभामुख सापकोटाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थमा त्यहीँबाट सही निकास होस् भन्ने अपेक्षा आफ्नो रहेको बताउनुभएको थियो । छलफलका क्रममा उहाँले लोकतन्त्रको रक्षाका लागि आफू जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभएको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।