मनिषा कोइराला एचपीभी खोप अभियानका लागि खोपदूत नियुक्त
माघ १६, २०८१ बुधबार
काठमाण्डाै - एमाले वाग्मती प्रदेश सभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ ।
दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सभा सदस्य वैद्यले राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरेको दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । वैद्यको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ ।
नेपाली कांग्रेसले प्रदेश सभा सदस्य वैद्यले प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । वैद्यले शुक्रवार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीले देश डुबाउन लागेको र यत्तिकै छाड्ने हो भने नेपाल खाइदिने भन्दै देशमा कोही नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भन्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।