च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - अनलाइनमार्फत शेयर कारोबार गर्नका लागि अहिलेसम्म सात लाखभन्दा धेरैले युजरनेम र पासवर्ड लिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढिरहेकाले अनलाइन कारोबारको लागि अनुमति लिनेको सङ्ख्या पनि बढिरहेको हो ।
शेयरबजार बढिरहेको र नयाँ पुस्ताको आकर्षणका कारण कारोबारीहरु बढिरहेको नेप्सेले जनाएको छ । आइतवार मात्रै शेयर कारोबार रकम र सङ्ख्याले रेकर्ड बनाएको छ । आइतवार १९ अर्ब ५५ करोड रुपैयाँ बराबरका तीन करोड ७० लाख ७६ हजार कित्ता शेयर किनबेच भएका छन् ।
एक लाख ८२ हजार चार सय वटा कारोबार भएका थिए । यसैबीच नेप्सेले दोस्रो बजारमा सहभागी हुँदा आफूले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, व्यवस्थापकीय पक्ष, नाफा नोक्सानको अवस्था लगायतका विषयमा चनाखो रहन पनि सुझाव दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।