सुदूरपश्चिम प्रदेश : ओली पक्षका ७ सांसदको पद तत्काललाई जोगियो, निलम्बनको पत्र प्रदेश सभामा नपठाइने

 असार १, २०७८ मंगलबार १३:२९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशका सात जना प्रदेश सभा सदस्यको सांसद पद तत्कालका लागि जोगिएको छ । पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै यसअघि संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सात जना प्रदेश सभा सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको थियो । 

अहिले संसदीय दलको सदस्यबाट मात्रै हटाइएको र सांसद पदबाट निलम्बन गरिएको पत्र प्रदेश सभामा तत्काललाई उपलब्ध नगराउने निर्णय भएको प्रमुख सचेतक दुर्गाकुमारी विकले जानकारी दिनुभयो । 

उनीहरूलाई सातदेखि १५ दिन संसदीय दलको सदस्यबाट मात्रै निलम्बन गरिएको उहाँले उज्यालोलाई बताउनुभयो । फेरि पनि संसदीय दलको ह्विप उल्लङ्घन गर्दै गए थप कारबाहीबारे सोच्ने भन्दै उहाँले तत्कालका लागि निलम्बन गर्ने पत्र लिखित रूपमा प्रदेश सभा सचिवालयलाई उपलब्ध नगराइने भएको बताउनुभयो ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, लीलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन, नेपालु चौधरी, माया तामाङ बोहरा र ग्याल्बु बोहरालाई सत दिनका लागि निलम्बन गरेको छ । 

सुदूरपश्चिम प्रदेश सभामा एमालेको खनाल–नेपाल पक्षकाे बहुमत छ । 

सुदूरपश्चिममा एमालेको सभामुखसहित २५ प्रदेश सभा सदस्यमध्ये १७ जना माधव नेपाल र सात जना ओली पक्षमा छन् । माधव समूहले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी छ भने ओली पक्षकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको छ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया