‘सुक्खा हिउँद र सन्निकट सङ्कट’
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरु भएको छ । यो रेल प्रति–घण्टा एक सय ६० किलोमिटरका गतिमा कुद्ने बीबीसीले जनाएको छ ।
रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने एक सय २१ वटा पुल निर्माण गरिएकाे छ । रेलमार्गको ९० प्रतिशत भाग समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । ४ दशमलव ८ अर्ब डलर लगानीमा सन् २०१४ देखि रेलमार्ग बनाउने काम सुरु भएको थियो ।
सन् २०२० को अन्त्यमा निर्माण सकिएको रेलमार्गमा केही दिनअघि परीक्षण गरिएको थियो भने आज उद्घाटन गरिएको हो । चीनमा जुलाई १ तारिखमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौँ वार्षिकोत्सव मनाइँदैछ । त्यसको एक हप्ताअघि स्वशासित क्षेत्र तिब्बतमा विद्युतीय रेलको उद्घाटन गरिएको हो ।
निङ्ची सहर भारतको अरुणाञ्चल प्रदेशदेखि नजिकै रहेको छ । अरुणाञ्चलबारे भारत र चीनबीच विवाद छ । चीनले अरुणाञ्चल तिब्बतको क्षेत्र भएको दाबी गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।