आप्रवासीबारे समान धारणा बनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

 असार १२, २०७८ शनिबार ६:१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आप्रवासीका बारेमा समान धारणा बनाउन युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ । युरोपेली संसदको अधिवेशनलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले बिहिवार आप्रवासीको बारेमा समान धारणा बनाइ समस्या समाधान गर्न आग्रह गर्नुभएको हो ।

आउँदा दिनमा युरोपका देशहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ छ । युरोपमा आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भन्दै आवश्यक नीति निर्माण गरेर अघि बढ्न उहाँले आग्रह गर्नुभएको हो ।

उहाँले आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेस गरेको पनि महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभयो ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया